आज चितवनमा जनवादी कलाकारहरुकाे जन-साङ्गीतिक प्रस्तुति हुने

आज चितवनमा जनवादी कलाकारहरुले जन-साङ्गीतिक प्रस्तुति हुने भएकाे छ। राष्ट्रिय एकताको सन्देश दिनकालागि आज   बिपी कोइराला क्यान्सर अस्पतालको सभा हलमा दिउँसो २ बजे साङ्गीतिक कार्यक्रम सुरु हुने बताइएकाे छ । “सङ्गीत अभियात्रा” को आयोजनामा बरिस्ठ जनकलाकारहरुले “राष्ट्रका लागि संगीत यात्रा” अभियान मार्फत याे कार्यक्रम गर्दै आएका छन् ।

दिउँसो  हुने  कार्यक्रममा जनवादी गायक जीवन शर्मा, माधव प्रधान, मणी थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरण सी, कर्ण विद्रोही, नीलिमा पुन, मोहित श्रेष्ठ, नारायण शर्मा, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्षमण पाख्रिन, निशा बुढामगर, अनु शर्मा, लक्ष्मी केसी र कुवेर सीको लगाएतका कलाकारकाे प्रस्तुति रहेनेछ।

नेताहरुलाई देश र  जनताप्रति उत्तरदायी बनाउनका लागि साङ्गीतिक अभियान सञ्चालन गरिएको जनगायक जीवन शर्माले बताए। याे  अभियान आफ्नो स्वार्थको लागि नभई राष्ट्र र देशकाेलागि भएको उनको भनाइ थियो। कार्यकममा निःशुल्क प्रवेशको व्यवस्था रहने बताइएकाे छ ।

 

IME Remittance