दाङकाे घोराहीमा आज २ बजे जनकलाकारहरुको सांगीतिक प्रस्तुति हुने

दाङकाे घोराहीमा आज २ बजे जनकलाकारहरुको सांगीतिक प्रस्तुति हुने भएकाे छ ।“सङ्गीत अभियात्रा” को आयोजनामा बरिस्ठ जनकलाकारहरुले “राष्ट्रका लागि संगीत यात्रा” अभियान मार्फत याे कार्यक्रम  घोराहीस्थित बहुउद्देश्यीय सभाहलमा  आज  २ बजे निशुल्क  सांगीतिक प्रस्तुति हुने भएकाे हाे ।

.जनकलाकारहरुले देशव्यापीरुपमा शुरु गरेको राष्ट्रका लागि संगीत यात्रा अभियान धनगढीबाट शुरु भएर सबै प्रदेशमा आयोजना गरिने बताइएको छ । मंगलबार सुर्खेतमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बरिस्ठ प्रगतिशील गितकार , सङ्गितकार एवं गायकहरु, जनगायक जीवन शर्मा, मणि थापा ,उदय श्रेष्ठ , कुस्मिता दर्लामी ,निलिमा पुन, चिरन पुन , कर्ण बिद्रोही , मोहित श्रेष्ठ  ,लक्ष्मी रिजाल उदय,अनु शर्माकाे र नारायण शर्माको गीत  तथा अभिनय सहित १८ जना कलाकारकाे  साङ्गितिक प्रस्तुति रहने बताइएको छ ।

 

 

IME Remittance