सर्वसाधारणलाई नरोकी कारगेटविना राष्ट्रपति पौडेलद्वारा कुमारी घरको दर्शन

सर्वसाधारणलाई नरोकी कारगेटविनानै  राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन्। बसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न उनी त्‍यहाँ पुगेका हुन्। त्यहाँ सवारी हुँदा सवारीसाधन, सर्वसाधारण कसैलाई रोकिएको थिएन।

राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् ।राष्ट्रपतिको सवारी हुँदा यसअघि सर्वसाधारणलाई रोक्ने गरिन्थ्यो। जसले गर्दा सडक जाम हुँदा आलोचना हुने गरेको थियो।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए। राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिएका थिए। यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन।

 

IME Remittance