काठमाडौं । काठमाडौँ आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।सन्दिप लामिछानेले नेपालकोतर्फबाट दोस्रो विकेट लिदै नेपालका लागि दोस्रो सफलता दिलाएका छन् ।आक्रामक देखिएका यूएईका कप्तान तथा ओपनर मुहम्मद वसिमलाई आउट गराउन सफल भएका हुन् ।
आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।