आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। तिब्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ।नेपालले प्रतिश जि.सी. ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। टोलीमा अन्य परिवर्तन छैन। उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ।
यो खेल जितेमा नेपालले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउने छ।एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ भने त्रिवि क्रिकेट मैदानमा खेलेका एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा ९ खेलयता हार बेहोरेको छैन।


