आज राष्ट्रपति निर्वाचन: रामचन्द्र पौडेल र सुवास नेम्वाङबीच प्रतिस्पर्धा

आज मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ।बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। संघीय सांसदको एक मत बराबर ७९ मतभार र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार गणना हुनेछ।

गत फागुन १३ गते भएको मनोनयन दर्ताअनुसार ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुँदैछ।

 

 

 

IME Remittance