आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हिमाली र उच्च पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ । आज दिउँसो वर्षाको सम्भावना रहे पनि राति भने पानी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज हिजोको भन्दा कम र भोलि आजको भन्दा कम वर्षाको सम्भावना छ ।यसपालि हिउँदयाम सकिनै लाग्दा हिउँदे वर्षा भएको हो । यसअघि पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा पानी पर्न सकेको थिएन । हिउँद सकिनै लाग्दा भएको वर्षाले केही राहत दिएको छ।