यातायात मजदुरहरूले गरेको आन्दोलन स्थगित

काठमाडौँ । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर राजी भएका हुन् ।१० बुँदे मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि सरकारले वार्तामा बोलाएको थियो। बालाजु,माछापोखरीलगायतका ठाउँमा पार्किङ गरेर यात्रु चढाउँदै आएका यातायात मजदुरले ट्राफिकले उक्त एरियामा पार्किङ निषेध गरी बसपार्कमा मात्रै पार्किङ गर्नुपर्ने नियम ल्याएको थियो। यो नियमको विरुद्ध यातायात व्यवसायी प्रदशर्नमा उत्रिएका हुन्।

नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मंगलबार बिहानैबाट काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका थिए। बिहान निजी सवारी साधन,स्कूल बस र उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने नियमित सञ्चालनमा रहे। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।

IME Remittance