पाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उनको केही साताअघिदेखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो । जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए ।
जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् ।