हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ।विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो। हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो। सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ।लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्। गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ।
लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। हिमपात हुँदा किसान खुशी भएका छन् । जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । लामो समय पानी नपरेकाले जमीन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासी हेमन्त बोहराले जानकारी दिए । रासस