आज मन्त्रिपरिषद् विस्तार हुँदै, शपथ दिउँसो १ बजे

आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको  विस्तार हुन लागेको हो।सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ ।त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको छ ।

जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको माग सम्बोधन गर्नेबारे दलहरुबीच सहमति जुट्न सकेकाे छैन  । यसअघि नै जसपा र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराउन छलफल चलिरहेको थियाे । यदि यी दुई पार्टी सरकारमा आउन राजी भएमा भागबण्डामा केही तलमाथि हुने बुझिएको छ ।