रसुवागढी नाकाबाट चीनतर्फ नेपाली सामग्री निर्यात सुरु

काठमाडौं । रसुवागढी नाकाबाट चीनतर्फ नेपाली सामग्री निर्यात सुरु भएको छ। रसुवा भन्सार कार्यालयका अनुसार मंगलबारदेखि चीनतर्फ सामग्रीको निर्यात सुरु भएको हो।कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुन: सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।