निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावलीबारे छानविन सुरु भएको जनाएको छ । प्राप्त नामावलीमा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई पत्राचार गरिने आयोगले जनाएकाे छ।
आयोगले सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गरिने बताएको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबारसमानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।