आज मौसम सफा, चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी  भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ ।