बाल गीत: निलिमा पुन

आजका हामी बालबालिका भोलिको कर्णधार
पुर्खाले छोडेर गएपछि हामी नै देशको आधार
जाँउ है साथी जाँउ……..
स्कुल पढ्न जाँउ………

आमाको काख छोडेर स्कुल पढ्न आउछौं -२
दिउसोको खाजा झोलामा किताबसँगै बोक्छौं-२
आजका हामी बालबालिका ……

पढ्ने र लेख्ने हाम्रो काम पैसा तिर्ने बाबाको काम-२
हामीले केही गर्न नसके आउदैन साथी हो मुखमा माम-२
आजका हामी बालबालिक……….

स्कुलमा गुरुआमाले पढ्न र लेख्न सिकाउने -२
पढेर घर फर्किदा आमा खुशीले रमाउने -२

आजका हामी बालबालिका भोलिको कर्णधार
पुर्खाले छोडेर गएपछि हामी नै देशको आधार
जाँउ है साथी जाँउ……..
स्कुल पढ्न जाँउ……….