म फुटकर कविता
पढेर छिट्टै सकिने
तिमी सिँगो इतिहास
जति पढ्यो त्यति उर्जादिने
म टुक्रिएको अक्षर जस्तै
अड्कि अड्कि पढ्नु पर्ने
तिमी पँक्ति मिलेका हरफ जस्तै
जति पढ्यो त्यति जीवन दिने
म मसि सकिएको कलम जस्तै
कपिमा अक्षर कोर्नै नसक्ने
तिमी भरिएको कलम जस्तै
शब्दहरुले पाना भरीरहने
म सडकमा उक्किएको ढुंगा जस्तै
बटुवाहरुको खुट्टा बिजाइदिने
तिमी झोपिलो स्वामी जस्तै
यात्रीहरुलाई शीतल दिने
म मधुरो टुकी जस्तै
सिमित घेराभित्र मात्रै बल्ने
तिमी रातको चन्द्रमा जस्तै
व्यापक बनेर उज्यालो छरिरहने
म एकैछिनको यात्री
बिच बाटोमै मोडिरहने
तिमी पुर्ण यात्राको पदयात्री
सँसार भरी घुमीरहने
म हावाले उडाउने भुवा जस्तै
माथि माथि उडिरहने
तिमी समुन्द्रको मोती जस्तै
गहिराइभित्र डुबिरहने
म सिकारुले कोरेको चित्र जस्तै
आकार छुट्टयाउनै नसकिने
तिमी सिपालुले कुँदेको मुर्ति जस्तै
हेरेर मात्रै पनि प्रेरणा मिल्ने ।