सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक बिदा, सरकारी कार्यालयमा झण्डा झुकाउने

सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक विदा दिने भएको छ ।गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको जनाएको छ ।

जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनप्रेम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक विदा दिने घोषणा गरेका थिए ।

IME Remittance