बागलुङको जैमिनीमा पिकअप भ्यान दुर्घटना,४ जना घाइते ,२ जनाकाे अवस्था गम्भिर

बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा शुक्रबार ध १ च ६२६२ नं.को पिकअप भ्यान दुर्घटना भएको छ ।दुर्घटनामा परि वर्ष ३९ का भरत पुन, वर्ष २५ का चुरा श्रीस  वर्ष २५ का संजय रसायली र वर्ष ३५ का महेन्द्र नेपाली  घाईते भएका छन ।

घाईते भरत पुन,  चुरा श्रीस  लाई हेलिकप्टर मार्फत काठमाण्डौ ग्राण्डी अस्पतालमा लगिएको छ ।  संजय रसायली र  महेन्द्र नेपाली सामान्य घाईते भएकाले  जैमिनी नगरपालिका वडा नं. १० राङखानी डाँडाखानी स्थित शहरी स्वास्थ विकास केन्द्रमा उपचार भैरहेको छ ।

पिकअप भ्यान विद्युतको सामान लगि  राङखानीको पर्यटकिय स्थल हाँडिकोटबाट फर्कने क्रममा दुर्घट्ना भएको हाे ।गाडी मोटरबाटो भन्दा २ सय मिटर तल खसेको थियो ।

IME Remittance