भारतमा राष्ट्रपतिकाे निर्वाचनमा दलित महिला द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।
मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू यसअघि झारखण्डको गभर्नर भइसकेकी छन् । मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनेछिन् ।द्रौपदी मुर्मूलाई सुरुदेखि नै भारी भइरहेको थियो ।यसअघि दोस्रो चरणको मतगणनाको अन्त्यसम्ममा एनडीए उम्मेद्वार द्रौपदी । मुर्मूले कुल मतको ७२ प्रतिशत मत प्राप्त गरिसकेकी थिइन् । पीटीआईका अनुसार दोस्रो राउन्डको गन्ती पूरा हुँदा अरुणाञ्चल प्रदेश, असम, बिहार, झारखण्ड, हरियाणा, हिमाञ्चल प्रदेश, छत्तिसगढ, गोवा र गुजरात गरेर १० राज्यका सबै सांसद र विधायकको मतगणना भइसकेको थियो ।
त्यसबेलासम्म करिब ६।७३ लाख भोटमध्ये द्रौपदी मुर्मूले ४।८३ लाख मत पाएकी थिइन् । जबकि उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले १ लाख ८९ हजार मात्रै मत पाएका थिए ।द्रौपदीले जुलाई २५ मा राष्ट्रपतिको रुपमा शपथ लिने कार्यक्रम रहेको छ ।