पुष्पा भुषाल प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार भएको उपसभामुखको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गरी उनी उपसभामुखमा विजयी भएकी हुन् ।

२४२ सांसद उपस्थिति रहेकोमा १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी छिन् । ९३ सांसद विपक्षमा उभिँदा १ जना तटस्थ रहेका थिए । करिब ६ महिनामा कार्यकाल सकिन लागेको प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

एमाले र माओवादीको गठबन्धन हुँदा २०७४  चैतमा भएको उपसभामुखको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् । तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत मात्रै ल्याएकी थिइन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त थियो ।

IME Remittance