श्रीलंकामा प्रदर्शन, राष्ट्रपति भवन पसे प्रदर्शनकारी

श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन्।श्रीलङ्कामा चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावका विरुद्ध राष्ट्रपति भवनमा विरोध प्रदर्शन गरिरहेका हुन ।

शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

राष्ट्रपतिको राजीनामा माग गर्दै उठेको प्रदर्शन हिंसात्मक बन्दै गएको हो। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले ‘पुलिस ब्यारिकेड’ साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आन्दोलन यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो ।

प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको छ । झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो ।

प्रदर्शनकारीले राष्ट्रपति गोटोबाया राजापाक्षे वर्तमान संकटको लागि जिम्मेबार भन्दै उनको राजीनामा माग गरिरहेका छन् । यसअघि प्रधानमन्त्री पदमा आसिन गोटाबायाका दाई महिन्दा राजापाक्षले विरोधपछि राजीनामा दिएका थिए ।

शनिबार बृहत प्रदर्शन आह्वान गरिएको थियो । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको समाचार एजेन्सीले लेखेका छन् ।  यसबाट केही घाइते भएपनि भिडलाई त्यसले खासै प्रभाव पार्न सकेको छैन ।

यसबीच, देशका प्रधानमन्त्री रनिल विक्रमबहादुरले विभिन्न पार्टी नेताहरु सम्मिलित आकस्मिक बैठक बोलाएका छन् । श्रीलंकामा लामो समयदेखि मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा प्रदर्शन भइरहेको छ । शनिबारको प्रदर्शनमा सहभागी हुन देशका विभिन्न भागबाट मानिसहरु कोलम्बो पुगेका छन् ।

IME Remittance