काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी छन् । एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।
उपमेएर डंगोलले ६८ हजार ६१२ ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका थिए । निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको र त्यसमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।


