भूकम्पलाई सामान्य भाषामा कसरि बुझ्ने?

-महेन्द्र आचार्य

भनिन्छ नि नेपाल मात्र होइन हिमालय आसपासमा अबस्थित सबै जस्तो क्षेत्र भुकम्पिय  दृश्टिले उच्च जोखिम छन् | अहिले सम्म भूकम्पको सफल पुर्बानुमान गर्न त सकिएको छैन तर ढिलो चाडो नेपालमा भूकम्प अबस्यम्भावी छ | अझै नेपालकै पश्चिमी क्षेत्र पोखरा देखि लिएर सुदुर पश्चिमी भु-भागमा सन १५०५ देखि आजको दिनसम्म ठुला भूकम्प नगएको विभिन्न अध्यनहरुले  देखाउद्छन | अझै भन्ने हो भने उक्तक्षेत्रमा हालै भैरहयाका अध्यनहरुले पनि  ठुलो मात्रामा शक्ति संचय भएर बसेको भन्ने देखाईरहेका छन्  | यो संगै काठमाडौँ पूर्वमा पनि  ठुलो भूकम्प नगएको र २०७२ सालको भूकम्प जादा पनि पूर्णमात्रामा शक्ति खर्च नभएको अध्ययनहरु देखाउदछन | यसको अर्थ यो हो कि नेपालमा पुर्ब-पश्चिम क्षेत्रमा  कुनैपनि बेला ठुलो भूकम्प जान सक्छ | उसो त् गोर्खा भूकम्प पछि केहि समय थला परेको आम जनजीबन अझै पनि राम्रोसंग उठ्न सकेको छैन | बिषेशगरि शहरी क्षेत्र भने भूकम्प गएको लामो समय भैरहदा  भूकम्पिय जोखिमलाई नै बिर्सेर विज्ञानलाई नै चुनौती दिने गरि पुननिर्माणमा  तल्लिन देखिन्छ | पहाडी क्षेत्रलाई नियाल्ने हो भने पनि भूकम्पको जोखिमलाई नै  चटक्कै बिर्सेर आगाडी बढेको स्पष्टै देखिन्छ | यिनै क्षेत्र लाई मात्रै हेर्ने हो भने पनि तिनवटै सरकार र जनता बीचको समन्वय, भुकम्पिय चेतना  साथ साथै तिनीहरुको भूमिकाको बारेमा स्पष्ट देख्न र बुझ्न सकिन्छ | त्यसकारण आगामी दिनमा नेपाल भरि नै भुकम्पिय सचेतना बढाउनु जरुरी  छ साथै भूकम्प प्रतिरोधी संरचना निर्माणमा बिज्ञहरुको प्रभावकारी उपस्थिति गराई देशभरि नै नॅया अभियान सञ्चालन   गर्नुपर्ने  देखिन्छ |

क. भूकम्पको भनेको के हो ???::

हामी महसुस गर्न सक्छौ कि पृथ्वीपिण्डको जति तल  गयो त्यती तातो हुन्छ अब यो बुझौ कि आन्तरिक भागमा तापक्रम कति धरै होला ??  त्यहि तापक्रमको  कारणले पृथिवीको आन्तरिक भागमा रहेका चट्टान पग्लिने र माथि निस्किन खोज्ने प्रक्रिया हुने गर्दछ जसको भिप्रभावले  एक किसिमको चक्र बन्ने गर्दछ | त्यहि कारणले  पृथ्वीको माथिलो पत्र जुन छ त्यसलाई  चर्काउन थाल्दछ जसको प्रभावले

गर्दा चट्टानहरु टाढा जाने वा नजिक आउने गर्दछन | जुन प्रक्रिया करोडौ वर्ष देखि छ | त्यहि बेला जहा चक्रको असर बढी हुन्छ त्यो बेला चट्टान चर्किने र उर्जा निस्त्रित हुने गर्दछ र हाम्ले भूकम्प को महसुस गर्ने गर्दछौ |  नेपालको संन्दर्भमा भन्ने हो भने नेपाल आफै दुई बिशाल भौगर्भिक खण्डमा अबस्थित छ |  ति दुई प्लेटहरु  हरेक सय वर्षमा झन्डै दुई मीटरको दरमा एक अर्कोतिर सरिरहेको पाइन्छ यो गतिविधिले गर्दा चट्टानमा चाप बाढी उत्पन्न हुने गर्दछ जुन चाप बढ्दै गएपछि भूकम्पको रुपमा त्यो विसर्जन हुने गर्दछ हो यही कारणले गर्दा नेपाल मा भूकम्प जाने गर्दछ|   अझै बुझ्ने हिसाबले भन्ने हो भने चट्टानहरुमा तन्काई बढी हुदा थाम्न नसक्दा चट्टान टुक्रिन को कारणले हुने गर्दछ | जुन चट्टान टुक्रिने प्रक्रिया छ त्यसलाई फल्ट अथवा भौगर्विक चिरा भन्ने गरिन्छ | जहा दुवै चट्टानहरु को बीचमा पारस्परिक स्थानातरण हुने गर्दछ जुन केहि मीटर देखि केहि किलोमीटर सम्म हुने गर्दछ |   सामान्यत भूकम्प भन्नाले पृथ्वीको सबैभन्दा माथिल्लो भागमा कुनै कारणले पृथ्वीको आन्तरिक शक्ति निस्त्रित हुनेक्रमा हुन जाने जमिनको कम्पनलाई नै भूकम्प भन्ने गरिन्छ जुन कम्पन हामी सतह सम्मै महसुस गर्दछौ |

भुकम्पिय बिज्ञानका अनुसार ठुला भूकम्पहरू भूकम्प जानु पूर्व र गए पछि पनि हामी भूकम्पका साना ठुला धक्काहरु महसुस गर्ने गरिन्छ | जहा भूकम्पको मुख्य धक्का जानु भन्दा पहिले क्रमिक आउन सक्ने  स-साना कम्पनहरु लाई फोर सक भन्ने गरिन्छ भने ठुला कम्पन गैसकेपछि आउने साना भूकम्पहरू लाई आफ्टरसक भन्ने गरिन्छ जुन धक्काहरु महिनौ देखि बर्सौ सम्म महसुस गर्ने गरिन्छ | भूकम्प जादा जाने साना देखि ठुला धक्काहरु सेईस्मोग्रफ नामक उपरारण प्रयोग गरेर मापन गर्ने गरिन्छ जुन म्याग्नेट्यूड स्केलमा मापन गर्ने गरिन्छ | हाम्रो समुदायको भूकम्प बारे अझैपनि  जुन मौसमी प्रक्रिया भन्ने बुझाई छ  त्यो  भने बिल्कुल गलत बुझाई हो र यो भुकम्पिय अहिले सम्म बिज्ञान ले भन्न सकेको छैन  |

. नेपालमा भुकम्पिय इतिहास कस्तो छ ??

नेपालमा  भूकम्पको ईतिहासलाई हेर्ने हो भने सबै भन्दा पहिलो पटक १३१० मा भूकम्प गयको भिविन्न सरकारी विवरणहरुले देखाउदछन | त्यति बेला नेपाल का राजा अभय मल्ल को भूकम्पकै  कारण निधन भएको विवरणहरु मा उल्लेख भयको पाइन्छ | साथै सबैभन्दा शक्तिशाली भूकम्प भने १९९० साल को माहाभूकम्प (जुन भूकम्प संखुवासभाको चैनपुरमाकेन्द्रबिन्दु बनाएर गयको थियो, ८.३ म्याग्नेच्युट ) लाई लिने गरिन्छ जुन भूकम्पले नेपाल लगायत भारतका विविन्न ठाउँहरुमा तहसनहस बनाएको पाइन्छ | त्यहि १९९० सालको भूकम्पले झन्डै १२००० बढी घरहरु धोस्त बनायको थियो भने नेपालमा मात्रै ८००० बढि मानिसको ज्यान गएको थियो |  जुन १९९० साल को भूकम्प संसारका सक्तिशाली  भूकम्प मध्ये लिने गरिन्छ | त्यसपछि हेर्ने हो भने २०४५ सालमा उदयपुर जिल्लाको मुर्कुछे भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर ६.६ म्याग्नेच्युटको भूकम्प गएको थियो जुन भूकम्पले सोचे भन्दा बाढी क्षेति बनाएको थियो | त्यति बेला झन्डै ६५००० घरहरु भत्किन पुगेका थिए | त्यसपछि २०६८ साल मा नेपाल त भारतको सिमानामा केन्द्रबिन्दु बनाएर ६.९  म्याग्नेच्युट को भूकम्प गएको थियो र त्यसपछि गएको भूकम्प २०७२ सालमा गएको भूकम्प नै अर्को शक्तिशाली भूकम्प हो |

. अहिलेकै अवस्थालाई हेर्ने हो भने काठमाडौँ उपत्यकाको अवस्था कस्तो छ त ??:

माथि भनिए जस्तै  नेपालमा भुकम्पको जोखिम बर्सौ  सम्म छ | बि. स. २०७२ सालमा जुन महाभूकम्प गयो त्यसपछि पनि हाम्रो चेतनाको स्तर अझै माथि उठ्न नसकको जस्तो देखिन्छ | काठमाडौँ उपत्यका लाई नै हेर्ने हो भने अनियन्त्रित विकास निर्माण, अपर्याप्त भौतिक पुर्बाधार लगायत घरको डिजाइनमा भुकम्पिय सुरक्षाका तत्वहरुको अभाव, निर्माण सामग्रीको गुणस्तरमा अभाव, जगको लागि माटो परिक्षण लगायतको कमिले गर्दा उपत्यकामा  अझै पनि जोखिम देखिन्छ जहाँ पुर्बाधार निर्माणमा   न्युनतम पनि साबधानी नपुर्याएको देख्न सकिन्छ | भिविन्न बैज्ञानिक अध्यनहरु लाई हेर्ने हो भने १९९० सालको जत्रै भूकम्प जाने हो भने काठमाडौँ मा मात्रै झन्डै ४०००० बढी मानिसहरुको मृत्यु हुन सक्ने, ९५००० को हाराहारीमा मानिस घाइते हुने र झन्डै ६०००००मानिस घरबारविहीन हुने आकलन गरियको छ | यसै तथ्याङ्कलाई हेर्ने हो भने नि थाहा हुन्छ हामी अझै कहाँ छौ ??

. भूकम्पिय पुर्व तयारी कसरि गर्ने ?

हो हामी  भूकम्पीय हिसाबले अती अनि सम्बेदनशिल क्षेत्रमा छौ  यो भन्नु को अर्थ यो हैन कि हामी भूकम्प बाट बच्न धरै नै गार्हो छ | भूकम्प जादा हामीलाई भूकम्पले भन्दा पनि हामीले बनायका संरचनाले बढी नोक्सान पुराउने गर्दछन र त्यसैको  लागि पनि हामीले परिवार देखि समुदाय सम्म तयारी गर्नु पर्ने हुन्छ | जस्तो कि पुर्बतयारीको लागि पनि पारिबारिक भिविन्न संकटकालिन योजनाहरु  बनाउन सकिन्छ, व्यक्तिगत सुरक्षाकै निम्ति भिविन्न साबधानीका उपाए बारे बिज्ञ मार्फत  बुझ्न सकिन्छ, आपतकालीन सामग्रीको छुट्टै समूह बनाएर राख्न सकिन्छ साथै आफ्नो घरको  स्थितिको नियमित रुपमा बिज्ञ मार्फत जाचबुज गरेर सुरक्षित छ या छैन यसबारेमा सचेत हुनु जरुरि हुन्छ | यति मात्रै हैन आफ्नो  घरबाहिर रहेको सुरक्षित् ठाउको पहिचान गर्नुपर्ने जरुरी हुने गर्दछ जस्तै ठुला घरहरु, बिजुलीका तारहरु, अग्ला रुखहरु भयको ठाउँ लाई पहिचान गर्नुपर्ने हुन्छ जुन सुरक्षा को हिसाबले अतिनै  जोखिम मानिने गरिन्छ | सहर बजार को केसमा भन्ने हो भने घरभित्र पानि ग्यास तथा बिधुतको आपूर्ति का भिविन्न स्रोतहरु लाई कसरि आपतकालीन अबस्थामा बन्द गर्न सकिन्छ भन्ने कुरा सबै परिवार का सदस्यहरुले जान्नु र बुज्नु जरुरि हुने गर्दछ | यसका साथै हामीले भिविन्न आपतकालीन उद्धार को लागि आबस्यक पर्ने निकाए को सम्पर्क  नंम्बर राख्न सकिन्छ | साथ-साथै प्राथमिक उपचारका लागि अतिनै आबस्यक पर्ने सामानहरु तयारी अबस्थामा राख्नु जरुरि हुने गर्दछ |

ङ . भूकम्प गईरहेको बेला  के के गर्न सकिन्छ ?

सम्झिनुस यदि तपाई भूकम्प गईरहेको बेला घरभित्रै हुनुहुन्छ::

यस्तो अवस्थामा यदि तपाइको घर माटोको प्रयोग गरेर बनाउनु भयको छ भने त्यो बेला तपाइको घर आगाडी रहेको सडक तपाइको घरको ऊचाई भन्दा फराकिलो छ भने मात्रै तपाई घर बाहिर जानुहोस यदि माथि भनिएको जस्तो अबस्था छैन भने घरभित्रै बस्नुपर्नेहुन्छ र पहिचान गरियको सुरक्षित ठाउँ तिर बस्नुहोस्  र शरिरका  संबेदनशिल भाग जस्तै टाउको जोगिने गरि सुरक्षीत बस्नु पर्ने हुन्छ | अझै सम्भव छ भने कुनै टेवलको तल बस्नु सुरक्षित हुन्छ | घरभित्रै रहेको अबस्थामा तपाई जस्तो झ्यालबाट र आफूमाथि खस्न सक्ने बस्तुबाट भने टाढा रहनुपर्ने हुन्छ | घर हल्लिएकोअबस्थामा हतारिएर भर्याङबाट कहिल्लै तल झर्ने काम नगर्नुहोस | यदि तपाइको घर ईटा वा ब्लकले बनको छ भने माथि भनिएकोजस्तै साबधानी का उपाए अपनए शुरक्षित रहन सकिन्छ | यदि पिलर  बाट बनको घर छ भने यदि तपाई माथिल्लो तलमा हुनुन्छ भने माथिनै बस्नुपर्ने हुन्छ साथै पहिचान गरियको सुरक्षित ठाउँमा बस्नुहोस |

 

 च. यदि भूकम्प गईरहेको बेला मा तपाई घर बाहिर हुनुहुन्छ:

 घर बाहिर भएको अवस्थामा भने ठुला घरहरु,अग्ला पर्खालहरु, बिजुलीका तारहरु, रुख लगायत आफूमाथि खस्न सक्ने भिविन्न कुराबाट टाढा बस्नुपर्ने हुन्छ | घरबाहिर भयको बेलामा कदापी घरभित्र पस्नु राम्रो हुदैन |  सवारी भित्रै भएको खण्डमा भने साधन सुरक्षित ठाँउमा रोकेर बस्नुपर्ने हुन्छ | अ-सुरक्षित ठाउँ जस्तै पुल, अग्ला रुखहरु, अग्ला पर्खालहरु लगायत अन्य समान  झर्ने संम्भावना भएका  ठाँउमा सवारी नरोक्ने र सवारीको ढोका भने खुल्ला राख्नुपर्ने हुन्छ तर भुकम्पकै बेला सबारी चलाउनु पर्ने अवस्था आएमा भने सडकमा भूकम्प बाट पर्ने चिराहरुको भने राम्रो संग पहिचान गर्नु पर्ने हुन्छ | पहाड तिर भएको अवस्थामा भने चट्टानहरु खस्ने सम्भावना भएका ठाउँबाट टाढा जानुपर्दछ |

 

छ. भूकम्प गएपछि के गर्ने के नगर्ने  ?

भूकम्पको ठुलो धक्का गहिसके पछि हामी हतारिनु स्वभाविक हो तर ठुला कम्पन भैसकेपछि साना धक्का हरु जाने क्रम चाहि निरन्तर लामो समय सम्म हुने गर्दछ त्यसैले पनि भूकम्प पछि आफु र परिबारका सदस्यहरु पहिचान गरियको सुरक्षित ठाउँ मा जानु पर्दछ | त्यसका साथ साथै घर भित्र रहेका भिविन्न संम्बेदनशिल सामाग्रीहरुको (जस्तै ग्यास सिलिन्डर, पट्रोल लगायत अन्य)  राम्रो संग पहिचान गरेर मात्रै प्रयोग गर्नु पर्दछ र आफु सुरक्षित भएको पहिचान भैसकेपछि अन्य मानिस र पशुचौपाया हरुको  उद्धार निम्ति  लागि खटिनु पर्दछ  | उद्धार गर्ने बेलामा फुटेको ऐना जस्तै बिझ्न सक्ने बस्तु बाट बच्न बाक्लो जुत्ता लगाउनु राम्रो हुन्छ |

भूकम्प गैसकेपछि कुनै प्राबिधिक जाच बिना घर भित्र पस्नु हुदैन, सिसाजन्य सामग्रीहरु फुटेको नजिकै रहेका खुल्ला भाडामा पानि खानु हुदैन, अत्ति प्रज्वलनसील पदार्थ लिक भयको छ या छैन त्यो थाहा नहुन्जेल सलाई, लाइटर, स्टोभ लगायत बिधुतिय सामग्री उपयोग नगर्ने र यस्तो ठाउमा केटाकेटिहरु लाई जान नदिने गर्नु पर्दछ | अर्को कुरा यदि घरभित्र नै थुनिनु भयो भने त्यस्तो बेलामा नआत्तिनुहोस् र आफु बच्नेछु भन्ने कुरामा बिश्वाश गर्नुहोस् र उद्धार टोलि आएको जस्तो थाहाभएपछि मात्रै चिच्याउने वा सिठी बजाउनु पदर्छ |

ज.  घर भित्र र बाहिरका सामानहरु लाई कसरि सुरक्षित राख्ने?

घरभित्र र बहिर हामीले राखिने सामग्रीहरु पनि हाम्रा चोटपटकका कारक हुन् | त्यसैले  पनि हामीले समानहरु को सुक्षित व्यस्थापन गर्नु जरुरि हुन्छ जस्तै हामीले राख्ने  गमलाहरु घरको टपबाट हटाउनु पर्छ, ऐना लगायत सिसा जन्य सामाग्रीहरु बिस्तारा बाट टाढा राख्नु पर्दछ, ग्यास पाईप, बिधुतिय  तारहरुको समयान्तरमा मर्मत गरिरहनु पर्दछ, ठुला फर्निचर, पुस्तक दराज लाई बलियो बनाएर किला ठोकेर जडान गर्नुपर्दछ, पंखा लगायत सामग्री लाई राम्रो संग फिक्स गरेर राख्नुपर्दछ साथै किटनासक औसधि, पेट्रोल लगायत ज्वलन्सिल पदार्थ लाई तापको स्रोत बाट टाढा राख्नुपर्दछ |

झ. सुरक्षित संरचना निर्माण स्थलबारे न्युनतम के के कुरामा बिचार गर्नु पर्दछ ??

कुनै पनि संरचना निर्माणमा संरचना निर्माण गरिने जमिन को पहिचान गर्नु महत्त्वपुर्ण हुने गर्दछ | जस्तै सम्भावित पहिरोले पुर्न सक्ने, जग भासिन सक्ने जस्ता यस्ता प्रकिर्तिक बिपद्का सुरक्षित ठहरिन सक्ने स्थललाई मात्रै भवन निर्माण स्थलको रुपमा छान्नु पहिलो कुरा हो | अन्य कुराहरु हेर्ने हो भने जस्तै भौगर्भिक चिराहरु रहेका ठाउँ हरु जहाँ नियालेर हेर्दा चिरा रहेको देखिने ठाउँ को ५०० मीटर वरिपरी घर बनाउनु सुरक्षित मानिदैन तर सामन्य अस्थई किसिमका  घरहरु बनाउन भने सकिन्छ | पहाडी इलाकाको सबैभन्दा ठुलो समस्या भुकम्पपछि जाने पहिराहरू जहा जमिनको भित्रि बनोट र  बाहिरी स्वरूप फरक पाईन्छ यस्ता ठाउँ को पहिचान राम्रोसंग गर्नु पर्दछ | कतिपए पहाडी भिराला जमिनहरुमा सानो कम्पनमै झर्न सक्ने ढुंगा हुने गर्दछन यस्तो ठाँउको पहिचान राम्रोसंग गरिनु पर्दछ साथै दलदल, पनि जम्ने क्षेत्र, पुरुवा माटोको ठाउँ लगायतका कुराको पहिचान राम्रोसंग गर्नुपर्दछ |

                                                                                                                                                                              (लेखक त्रि.बि मा भौगर्भिक ईन्जिनियरिङका अध्यता हुन)