स्वाधिन अर्थतन्त्र निर्माणका लागि उत्प्रेरित गर्ने गित : “ यहि माटोमा ”

नारायण शर्मा,

काठमाडौं /जनगायक जीवन शर्माको स्वर र सङ्गितमा देशमा स्वाधिन अर्थतन्त्र निर्माणमा अभिप्रेरित गर्ने नया प्रगतिशील गित सार्वजनिक भएको छ । गितका शब्द युवा साहित्यकार आबिस्कार कलाले लेखेका छन । गीतमा खासगरी नेपाली युवाहरु रोजगारिका निम्ति दिनहु विदेशिनु पर्ने तितो यथार्थलाई मर्मस्पर्शी ढंगले शब्द उनिएको छ ।

देशमै रोजगारिको अवसर सृजना गर्न र मीठो मसिनो खाएर जिउन गीतले प्रस्ट सन्देश दिएको छ । ‘यही माटोमा’ बोलको यस गीतको सङ्गीत सम्योजन नारायण दंगालले गरेका छन् भने सम्पादन तुलसी बास्कटोले गरेका छन् । गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल बाट २०७८ चैत्र १२ गते सार्वजनिक भएको छ । गितको भिडियो ४ मिनेट ४४ सेकेन्डको रहेको छ ।

भिडियोमा देशको प्राकृतिक सुन्दरता देखि देश भित्रै पसिना बगाएर काम गरिरहेका दृष्यहरु कलात्मक ढङ्गले उनिएको छ । देशको प्राकृतिक सम्पदा र मनमोहक दृश्यहरुको भरपुर उपयोग गरेर देशलाइ समृद्धिको मार्ग तर्फ अघि बढाउन सकिने प्रस्ट सन्देस गितले प्रवाह गरेको छ । देशमा बोलिने विभिन्न राष्ट्रिय भाषाहरु र संस्कृतिको संरक्षण गर्न एवं कुसस्कृती र विकृतिहरुका बुरुद्द जुध्न गितको भावले अभिप्रेरित गर्दछ ।

गितमा देशको अहिलेको आर्थिक स्थिति- रेमिट्यान्समा निर्भरतालाई प्रष्ट रुपमा चित्रण गरिएको मात्र छैन त्यसरी रेमिट्यान्सको आधारमा अर्थतन्त्र धानेर देश उभो लाग्न नसक्ने प्रस्ट सन्देस पनि दिइएको छ । ” यहि माटोमा ” गितमा रचनाकार आबिस्कार कलाले अत्यन्त सरल शब्दमा राष्ट्रिय स्वाधिनताको भाव जगाउने सुन्दर शब्दहरु उनेका छन । यस गित बाट प्रस्ट हुन्छ इन्जिनियरिङ पेशामा निर्माण सामाग्रीको संयोजन गर्न मात्र होइन गितका शब्दहरुमा देशप्रेमको भाव उन्न पनि आबिस्कार कला निकै पोख्त भैसकेका रहेछ्न ।

आखिर कस्तो छ त नया गित ” यहि माटोमा ” ? अब जीवन शर्मा युटुब च्यानलमा गएर सुनौ र हेरौ :-