आजको मौसम पश्चिमी वायुको प्रभाव कायमै,

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।पश्चिमी वायुकाे प्रभावका कारण  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे छ। अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेकाे छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेकाे छ ।देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाे माैसमविद्ले जानकारी दिएका छन् ।

IME Remittance