बागमती प्रदेशमा शाक्यको विश्वासको मतमा आज मतदान

काठमाडौं १० कात्तिक। वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ ।

आज दिउँसो १ बजे बोलाइएको बागमती प्रदेशसभा बैठकमा मतदान हुन लागेको हो । गएको विहिबार प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएपनि आजसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

शाक्य मुख्यमन्त्रीबनेको सातामै अल्पमतमा पर्नुभएको थियो । असोजको २४ मा विश्वासको मतका लागि उहाँले प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रदेशमा १०९ सांसद छन् । बहुमत ल्याउन ५५ सांसद चाहिन्छ । हाल एमालेका ४३, माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना, एकीकृत समाजवादीका १३ जना, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई,दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेशसभा सदस्य छन् ।

सत्ता गठबन्धनसाँग ५८ मत रहेको पाइन्छ । त्यसैले शाक्य बहिर्गमन हुने देखिन्छ । त्यसपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीले यसअघि नै नयाँ मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिसकेका छन् । त्यसपछि आलोपालो प्रणाली अनुसार काँग्रेसका इन्द्र बानियालार्य दिने सहमती भएको छ ।

IME Remittance