मौसम बदली : ठाउँठाउँमा हल्का बर्षा

काठमाडौँ, ७ कातिक । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र तराईका क्षेत्रहरुमा आंशिक बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०८ गते

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०९ गते

दिउँसो देशको पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली र तराईका भु(भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीस् देशको पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली र तराईका भु(भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा धुमफिर गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

IME Remittance