सौराहा, ५ कात्तिक । चितवनको गामवेँसी चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाका लागि अष्ट्रियामा बस्ने माया मुलर र एलमर मुलरले खाद्यान्न सहयोग गर्नु भएको छ ।
उहाँहरुको आफ्नै सामाजिक संस्था धन्यवाद नेपाल हिल्फेमार्फत यसरी सहयोग गर्नु भएको हो । माया लामा (मुलर) को घर चितवनको माडी भए पनि उहाँ हाल अष्ट्रियामा बस्दै आउनुभएको छ ।
उहाँहरुले विहिबार चितवनको रत्ननगरस्थित संरक्षक्ष केन्द्रमा पुगेर २० बोरा चामल, ३० किलो दाल, १० किलो लसुन, १८ किलो प्याज, १० किलो आलु, २० किलो मासु, मरमसलासहितको खाद्याह्न सहयोग गर्नु भएको थियो ।
लायन्स क्लवका डिष्ट्रिक चिफ एड्भाइजर योगेन्द्रनाथ अधिकारी र लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष विक्रम चौधरीको उपस्थितिमा उक्त खाद्यान्न सहयोग हस्तान्तरण गरिएको थियो । उक्त कर्याक्रमको संयोजन सौराहाका पर्यटन व्यवसायी लायन श्रीलाल परियारले गर्नुभएको थियो ।
यसअघि पनि उक्त संरक्षण केन्द्रलगायत नेपालका धेरै असहाय तथा विपन्न परिवारलाई उहाँहरुले यसैगरी लाखौँको सहयोग गरिसक्नु भएको छ ।
विसं २०७२ को भुकम्प पिडितका लागि समेत उहाँहरुले प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्नु भएको थियो । उक्त संरक्षण केन्द्रमा एक सय ५० भन्दा बढी चेपाङ् बालबालिका आश्रित छन् ।