बाढी पहिरामा परी ८२ को मृत्यु, २७ वेपत्ता

काठमाडौँ, ४ कात्तिक  । विगत केही दिनदेखि परेको बर्षाका कारण आएको बाढी, पहिरो र डुवानमा परी ८२ जनाले ज्यान गुमाएका छन् ।

गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना वेपत्ता छन् । प्राप्त विवरण अनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २७ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका विपद व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, बझाङमा २, हुम्लामा ६, सोलुखुम्बु र प्यूठानमा १÷१, धनकुटामा ७, मोरङमा १, सुनसरीमा २ र उदयपुरमा २ जनाको मृत्यु भएको छ ।

उहाँका अनुसार बाढी÷पहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा १, प्यूठानमा २ र इलाममा तीन जना वेपत्ता रहेका छन् ।

गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी बर्षा भएको थियो । आजदेखि हटेको छ । आजबाट भने मौसममा सुधार आएको छ ।

सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु २ लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने तीन लाख दिइनेछ ।

आवास गुमाउने पाँच जना सम्मको परिावरलाई तत्काल रु १५ हजार दिइने र सो भन्दा बढी सदस्य भएका परिवारलाई २० हजार दिइने र घाइतेको निशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

 

IME Remittance