एजेन्सी, २ कात्तिक । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड(१९ सँग सम्बन्धित जटिलताका कारण निधन भएको छ।
पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको छ।
रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि थिए।
सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए। उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन्।
उनले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमा दिएको छ।
उनी अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका थिए। बीबीसी