चालक अनुमतिपत्रः संघ र प्रदेशको छुट्टाछुट्टै नियम

काठमाडौँ, १९ असोज । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो।

प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ।

संघीय ऐनमा पाँच(पाँच वर्षमा चालक अनुमतिपत्र नविकरणको व्यवस्था छ। बागमती प्रदेश सरकारले बनाएको ऐनमा भने १०र१० वर्षमा नवीकरण गर्ने व्यवस्था छ।

यसैगरी विदेशमा बनाइएका ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली चालक अनुमतिपत्र दिइने व्यवस्था संघीय ऐनमा छ।

नययमपलष्नजतकबलष्mब दयह बम द्द
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा नेपालीकरणको व्यवस्था भए पनि प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयले सोझै अनुमतिपत्र दिन मानेका छैनन्।

प्रयोगात्मक परीक्षा ९ट्रायल० पास गरेपछि मात्रै अनुमतिपत्र दिन सकिने कार्यालयले जनाउँदै आएका छन्।

चालक अनुमतिपत्र नेपालीकरण, परीक्षा प्रणाली र नवीकरण उदाहरणमात्रै हुन्।

नयाँ संविधान जारी भएपछि यातायात क्षेत्र खासगरी चालक अनुमतिपत्रमा संघ र प्रदेशबीच कार्यक्षेत्रमा अन्यौलता देखिएको छ। संघले एकाथरी निर्णय गर्दा वा संघीय ऐनमा एकाथरीको व्यवस्था हुँदा प्रदेशले अर्कै किसिमको ऐन बनाएको छ।

लअभिि ष्ल
यातायात प्रदेश सरकारको एकल अधिकार जनाउँदै संघीय सरकारको ऐन, कानून, निर्णय नमान्ने गरेको पाइएको छ।

अनुमतिपत्रमा देखिएका समस्या प्रदेश सरकार आफैं पनि समाधान नगर्ने र संघीय सरकारको निर्णय पनि नमान्दा समस्या आइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

अहिले अनुमतिपत्र छपाइ र सफ्टवेयरबाहेक बाँकी सबै जिम्मेवारी प्रदेश सरकारको हो।

सफ्टवेयरमा समस्या आउँदा सुधारका लागि विभाग तयार रहेको उनले जानकारी दिए।

उनले भने,ुप्रदेश आफैंले निर्णय नगरेसम्म हामीले सच्याउन सक्दैनौं।ु

संघीय ऐनसँग प्रदेश ऐन बाझिएकाले पनि पटकरपटक समस्या आइरहेको छ। संघीय सरकारले संविधानअनुसार ऐन बनाउन बाँकी छ भने कतिपय प्रदेशले ऐन बनाएर लागू गरिकसकेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विधेयक छलफलका क्रममा रहेको छ। प्रदेशले बनाएको कानून बाझिदा कसरी कार्यान्वयन गर्ने भनी समस्या देखिन थालेको उनले बताए।

प्रदेशले एकल अधिकारको सूचीमा भएकाले संघीय कानूनको बेवास्ता गरेर ऐन बनाए पनि कार्यान्वयन सजिलो नभएको उनले जानकारी दिए।

उनले भने, ुयातायातका धेरै विषय अन्तर प्रदेश जोडिने भएकाले कार्यान्वयन सजिलो छैन।ु

कानूनकै विषयमा कतिपय अस्पष्टता रहेको र कतिपय विषय कार्यान्वयन सजिलो नभएको महानिर्देशक घिमिरेले बताए।

प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर निर्धारणको जिम्मेवारी प्रदेश सरकारको हो भने अन्तर प्रदेश चल्ने सवारी साधनमा भाडादर निर्धारणको जिम्मेवारी संघीय सरकारको हो।

कतिपय प्रदेशबीचको दूरी १५ मिनेटमात्रै भएको र प्रदेश प्रदेशबीच फरक–फरक भाडादर कायम हुँदा कार्यान्वयन अप्ठ्यारो हुनसक्ने उनले बताए।

उनले भने,ुनयाँ बन्ने संघीय ऐनमा पनि यी कुरा समेट्न खाँचो छ।ु

लामो समयदेखि अनुमतिपत्र नेपालीकरण रोकिएकाले सेवाग्राही हैरान छन्।

पहिले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले नेपालीकरण गर्दा कतिपय कागजात नक्कली भएकाले कर्मचारी कारबाहीमा परेका थिए। त्यसयता अरू यातायात कार्यालयले पनि नेपालीकरण गर्न मानेका छैनन्।

गलत काम गर्ने व्यक्ति कारबाहीमा परे पनि ऐनमा भएको व्यवस्था नै कार्यान्वयन गर्दिनँ भन्न नमिल्ने महानिर्देशक घिमिरेले बताए।

उनले भने, ुदूतावासबाट सिफारिस ल्याउनु भन्न सकिएला तर कार्यान्वयन नै गर्दिनँ भन्न मिल्दैन।ु

संघीयताको कार्यान्वयनसँगै यातायात क्षेत्रमा अधिकार क्षेत्रको विवाद देखिन थालेको हो।

पहिले संघीय सरकारअन्तर्गत रहेका कार्यालय प्रदेशअन्तर्गत हस्तान्तरण भए पनि कार्यान्वयनमा भने समस्या देखिएको छ। कानून निर्माणदेखि कार्यान्वनसम्ममा दुवै सरकारबीच समन्वय आवश्यक भए पनि आ(आफ्नो तरिकाले चल्दा यसका मारमा सेवाग्राही परिरहेका छन्। रासस