काठमाडौँ, २ असोज । चीनबाट खरिद गरेर शुक्रवार नेपाल आइपुगेको ४४ लाख मात्रा भेरोसेल खोप आगामी असोज ४ गते देखि १४ गतेसम्म वितरण गरिने भएको छ ।
दुई मात्रा लगाउनुपर्ने उक्त खोप २२ लाख जनालाई दिन पुग्छ। एकै खेपमा नेपालमा भित्रिएको खोपको यो सबैभन्दा ठूलो परिमाण हो।
नेपालमा सम्म ६० लाख ५७ हजारले पहिलो मात्रा र ५४ लाख ७३ हजार नेपालीले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।