नाग्दी खोलामा पहिरो खस्दा मुग्लिन-मलेखु सडक अबरुद्ध

काठमाडौँ, ३० भदौँ । चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

पहिराका कारण काठमाडौाँ भित्रिने र बाहिरिने सवारी बीचमा अड्किएका छन् । मुग्लिनबाट झण्डै दुई किमी काठमाडौँतर्फ उक्त पहिरो गएको हो ।

आज बिहान ३ बजेतिर पहिरो खसेको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने काम जारी रहेको जनाइएको छ ।

IME Remittance