सर्बाेच्चकै प्रतिवेदन भन्छ : न्यायाधीश नियुक्तिबाटै भ्रष्टाचार

काठमाडौं १५ साउन । न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न गठित समितिले न्यायाधीश नियुक्तिदेखिनै भ्रष्टाचार हुने औँल्याएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उत्तः निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा न्यायाधीश नियुक्तिदेखि नै समस्या रहेको र न्यायिक नेतृत्वले चाहेमा सुधार गर्न सक्ने विषय राखेको उल्लेख छ ।

प्रतिवेदन बुझ्दै प्रधानन्यायाधीश जबराले प्रतिवेदन सार्वजनिक गर्ने र हुबहु कार्यान्वयन गर्ने बताएका छन् ।
करीब साढे दुई सय पृष्ठ लामो दस्तावेजले न्यायाधीश नियुक्ति प्रक्रियालाई विसंगतिको प्रमुख कारकको रुपमा औंल्याएको छ ।

IME Remittance