रत्ननगरका बाढी प्रभावित विपन्न परिवारलाई राहत

चितवन २९ असार । अष्ट्रियामा बस्ने चितवन माडीकी माया लामा (मुलर) र इल्मर मुलुकको आर्थिक सहयोग तथा चितवनको रत्ननगर क्षेत्रका विभिन्न लायन्स क्लवको संयोजनमा आज रत्ननगरस्थित रमाइलो वस्तीका बाढी प्रभावितलाई राहत उपलब्ध गराइएको छ ।

उनीहरुको संस्था ‘धन्यवाद नेपाल हिल्फ’मार्फत सहयोग गरिएको जनाइएको छ ।

लायन्स क्वल अफ सौराहा, लायन्स क्वल अफ सौराहा वाइल्ड लाइफ सिटी, लायन्स क्लव अफ कम्युनिटी हेल्प र लायन्स क्लव अफ चित्रसेन बाबाको संयुक्त आयोजनामा आज यहाँ २१ परिवारलाई यसरी राहत वितरण गरिएको हो ।

उनीहरुलाई रु ६० हजार बराबरको राहत वितरण गरिएको जनाइएको छ ।प्रतिपरिवार ३० किलो चामल, २ लिटर तेल, नुन, २ किलो दाललगायत खाद्यान्न सहयोग भएको लायन्स क्वल अफ चितवन सौराहाका जोन चेयर पर्सन शीरलाल परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही अघि आएको बाढीका कारण विस्थापित उनीहरु ११ दिनसम्म सौराहाको ग्रिन सोसाइटी पब्लिक स्कुलमा बस्न बाध्य भएका थिए । उनीहरु भर्खरै मात्र घर फर्किएका छन् ।

IME Remittance