किन खसिरहेको छ नारायणगढ-मुग्लिन सडकमा नयाँनयाँ पहिरो ??

काठमाडौँ, असार २६ । सङ्घीय राजधानी काठमाण्डूलाई तराईसँग जोड्ने लाइफलाइनु मानिन्छ नारायणगढमुग्लिन सडक ।

तर त्यहस् डकमा नयाँ नयाँ ठाउँमा पहिरो खरिरहेको छ । किन भनेर खास कारण कसैले पत्ता लगाएका छ्रैनन् । तर विगतमा सडक बनाउँदा भएको क्षति, भूकम्पको असरका कारण यसरी पहिरो खसेको अनुमान गरिन्छ ।

केही दिनयता ठाउँ(ठाउँमा पहिरो जाँदा त्यही सडक खण्डमा लामो समय सवारीसाधन रोकिनु परेको छ भने यात्रा जोखिमपूर्ण बनेको छ।

पहिरो पन्छाउने बित्तिकै लामो लाइनमा रहेका सवारीसाधन धमाधम अवरोध छल्ने हतारोमा देखिन्छन्। तर केही घण्टामै फेरि त्यहीँ वा अर्को ठाउँमा पहिरो झर्दा यात्रा फेरि रोकिन्छ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्ण अधिकारीका भनाइमा उक्त सडक खण्डमा नयाँनयाँ ठाउँमा पहिरो जाने क्रमसँगै समस्या झन् बढेको हो।

उनले यसअघि कहिल्यै पहिरो गएको सेती दोभान र १४ किलो भन्ने ठाउँमा ठूलो पहिरो झरेको जानकारी दिए। इन्जिनियर अधिकारीले भन्छन्, उक्त स्थानमा पहाड नै तल खस्किएको छ र पानी पर्ने बित्तिकै ठूला(ठूला ढुङ्गा र माटोको लेदो झरेर बाटो नै बन्द हुन्छ।

IME Remittance