काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यकामा लागू गरिएको जोरविजोर प्रणाली अनुसारको सवारी सञ्चालन गर्ने आदेश हटाउँदै आजदेखि सबै प्रकारका सवारी सञ्चालन गर्न गरी नयाँ आदेश लागू भएको छ । उक्त आदेश यही असार ३१ गतेसम्म लागू हुने छ ।
यसरी सवारी सञ्चालन गर्नेसहितको केही खुकुलो निषेधाज्ञ उपत्यकाको तीन जिल्लाका प्रजिअको असार २० को निर्णयले गरेको हो । दर्शक सहितको सभा, सम्मेलन, हल पार्टी प्यालेस, होटलमा हुने सबै कार्यक्रम रोक लगाइएको छ ।
दर्शकको उपस्थिनि हुने बाहेक सबै प्रकारका व्यवसाय खुल्ने तर साझ ६ बजेस्म्म मात्रै सञ्चालन हुने छ । व्यवसाय सञ्चलान गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्नेछ । अनलाइन अडर, रेष्टुरेन्ट तथा फाष्टफुड तथा अन्य अडर टेक अवे र होम डेलिभरी गर्न पाइने छ । काठमाडौँ उपत्यका भित्र सार्वजनिक सवारी साधान स्वीकृत सिट क्षमता अनुसार मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने छ ।
सफा टेम्पु र तथा निलो माइक्रोबसको पछाडीको तेर्सो सिटमा चार÷चार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न पाइने छ ।
निर्माणका लागि सामग्री ढुवानीका सवारी साधान वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ।
पूर्व निर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न पाइने छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षण जस्ता कार्यक्रममा २५ जना भन्दा बढी सहभागि हुन पाइने छैन ।