काठमाडौँ १४ असार । काठमाडौं उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा आज निर्णय गरिँदै छ । मुख्यगरी सार्वजनिक सवारीमा समेत जोर विजोर प्रणाली लागू गनृै तयारी रहेको बताइएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागू हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताएका हुन् । गएको वैशाख १६ गते देखि उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।