उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारी जोरविजोरमा

काठमाडौँ, ८ असार । काठमाडौं उपत्यका थप एक साता निषेधाज्ञा थप्दै थप खुकुलो बनाइएको छ ।

आजदेखि लागू भएको निषेधाज्ञामा यसपाली बार तोकेर पसल सञ्चालनगर्न अनुमति दिइएको छ । यस्तै निजी सवारी जोरविजोर प्रणालीमा सञ्चालन गरिएको छ ।
फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्‍चालन गर्न दिइएको छ ।
काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर सञ्‍चालन गर्न दिइने छ ।
त्यस्तै सबै खालका निजी सवारी साधन जोरबिजोरबाट सञ्‍चालन हुन पाइने छ । प्रजिअ पराजुलीले साना निजी सवारी जोरबिजोरअन्तर्गत राखिएको छ । शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ ।

प्रजिअ पराजुलीले कोरोना महामारीको जोखिम र आमजनसमुदायको जीविकोपार्जनलाई समेत ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाइएको बताए ।
यसपटक साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइक, स्कुटरमा जोरजोर प्रणाली लागू गरिएको छ ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार विहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

यस्तै सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसललाई पनि आइतबार, मङ्गलबार र विहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

निर्माणजन्य सामग्रीको पसल (हाडवेयस, विजुलीका सामान, स्यानिटरी, टायल, मार्वल, फर्निचर, कार्पेट) दैनिक विहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठुलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ ।

 

IME Remittance