बढी/पहिरो अपडेट : आज साँझसम्म ६ को मृत्यु, २७ वेपत्ता,१०० घर पूर्ण क्षति

कठमाडौँ , २ असार । नेपालका विभिन्न जिल्लामा भारी बर्षापछि आउको बाढी र पहिरोमा परे रअहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।

अन्य २७ जना हराइरहेका छन् । गृहमन्त्रायलका अनुसार जिल्ला जिल्लाबाट अझै विवरण आउने क्रम जारी रहेकाले संख्या बढ्नसक्ने जनाइएको छ । अहिलेसम्म ११ जना घाइते भएका छन् ।

प्राप्त विवरणमा बाढीपहिराबाट १०० घर पूर्ण र ६५ घर आंशिक क्षति भएको छ । यो विवरण बढ्ने गृहमन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलबहादुर तामाङले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकमा मात्रै १६ जना वेपत्ता भएका छन् । यस्तै जाजरकोटमा सात वेपत्ता छन् । बाजुरा, सिन्धुपाल्चोक, पाल्पा, डोटी र कास्कीमा मानवीय क्षति भएको छ । मनाङमा ५३ घर पूर्ण क्षति भएको छ । सिन्धुपाल्चोकमा १६, लम्जुंगमा १० र अर्घाखाँचमिा १२ घर पूर्ण क्षति भएको छ ।

IME Remittance