विपद् : नारायणीले खतराको तह नाघ्यो, विभिन्न ठाउँमा मानिसको मृत्यु र वेपत्ता, केहीलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौँ, १ असार । देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र बागमती प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षा भईरहेको छ ।

आज लुम्बिनी, गण्डकी प्रदेश बढी प्रभावित भएको छ । देशका विभिन्न जिल्लाहरु आज बाढी पहिरोले प्रभावित बनाएको छ । प्राप्त विवरण अनुसार बाजुरामा एकको मृत्यु र एक वेपत्ता । मनांगमा एक दर्जन घर बाढीले क्षति पुर्याएको छ ।

त्यहाँ जोखिममा रहेका ३०० भन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको छ । गोरखामा बाढीले बगाएर एक वेपत्ता भएका छन् । विभिन्न जिल्लामा बाढीले सडक भत्काएको छ भने सवारी आवागमन अबरुद्ध भएको छ । भौतिक संरचना क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रभावितहरुलाई बुधबार हेलिकप्टरमार्फत राहत लैजाने तयारी छ । नारायणी नदी पनि आज बाढीको सतहले खतराको तह पार गरेको छ । अन्य मौसम विवरण तल हेर्नसक्नुहुन्छ ?

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ असार १ गते
रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।
२०७८ असार २ गते
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
२०७८ असार ३ गते

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश न।१ र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका अधिकांश स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केहि भू(भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशहरुको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

IME Remittance