महिलाको पेटमा बनेको त्यो ३५ किलोको ट्युमर , चिकित्सक भन्छन्-देखेको पहिलो हो

काठमाडौँ , १ असार । केही अघि काठमाडौँ, स्वयम्भूकी ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ । यो डिम्बासयको ट्यूमर हो ।

केही समययता उनको पेट अस्वाभाविक रूपमा बढेपछि उनलाई हिँडडुल गर्न र सास फेर्न गाह्रो भएको र त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो।

शल्यक्रियाअघि उनको तौल ९८ केजी रहेको र १२ जनाको टोलीले उक्त ट्युमर निकालेको अस्पतालकी स्त्री क्यान्सर रोग विशेषज्ञ अस्पताल डा सृष्टि श्रेष्ठ प्रजापतिले बिबिसीलाई बताएकी छिन् । अन्तरवार्ताका क्रममा डा प्रजापतिले आफ्नो चिकित्सकीय जीवनमा पहिलो पटक यती ठुलो ट्यूमर देखेको बताइन् ।

ठूलो आकारको ट्युमरको शल्यक्रिया जटिल मानिए पनि कमजोर आर्थिक अवस्था र महामारीका कारण उपचारमा ढिलाइ भएको परिवारको भनाइ छ। लामाले अहिले हल्का भएको प्रतिक्रिया दिएकी छन् ।

तस्बीर : बीबीसी भिडियोबाट
IME Remittance