नेपालमा मनसुन भित्रियो, आगामी साता विभिन्न ठाउँमा भारी वर्षा हुने

काठमाडौँ, २९ जेठ । नेपामला  मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकशित भएको न्यून चापीय क्षेत्रका कारण आज नेपालको पूर्वी भूभाग प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा मनसुनको आगमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको जनाइएको छ ।

आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यसपाली अधिक वर्षा हुने अनुमान गरिउको छ । कुल १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहने भएकाले सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध गरेको छ ।

IME Remittance