कोरोनाबाट थप १०१ को मृत्यु, ६६ सय सङ्क्रमित

काठमाडौँ, २१ जेठ । नेपालमा विगत २४ घण्टामा कोरोनाका ६,६५३ जना बिरामी फेला परेका छन् । उक्त अबधिमा थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

कुल २०,८१३ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ६,६३१ एन्टिजन परीक्षण हो जसबाट २,०२९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। थप ८,६६३ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

IME Remittance