काठमाडौँ १९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले आज बेलुका ट्वीट गर्दैै दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।
प्रमबाट थापाको निधनमा दुःख व्यक्त
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
आज साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि फरक तरीकाबाट छोटो समयमै आफ्नो ‘राजनीतिक अभियान’प्रति धेरैको ध्यानाकर्षित गर्न सक्षम थापाको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ । थापाको हिजो कोरनाका कारण निधन भएको थियो ।