मौसम बदली कायमै, कतै घाम लाग्ने र कतै पानी पर्ने

काठमाडौँ , १७ जेठ । बंगलाको खाडीमा विकसित चक्रवात यासको प्रभाव हटेको छ । तर पनि हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले नेपालमा मौसममा बदली छ ।

ठाउँठाउँमा हल्का देखिमध्येम पानी पर्ने तथा एकै क्षेत्रमा पनि कतै पानी पर्ने र कतै घाम लाग्ने अबस्था रहने मौसम विद्ले जनाएका छन् । भारती बर्षाको सम्भावना भने छैन । बाँकी विवरण तल हेर्नुहोला

हालको अबस्था
हाल प्रदेश नं १ मा पुर्ण बदलि र देशका अन्य भूभागका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १प्रदेश नं २ र बाग्मती प्रदेशका एक दुर्इ स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन , चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १८ गते

दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन , चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम बर्षा को सम्भावना रहेको छ। राती प्रदेश १ र बाँकि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदली रही मेघगर्जन, चट्याङ्ग सहित प्रदेश १ का थोरै र बाँकी भूभागका एक दुर्इ स्थानमा हल्का बर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १९ गते

दिउँसो देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ मा आंशिकदेखि सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदली रही मेघगर्जन र चट्याङ्गसहित प्रदेश १ का एक दुर्इ स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

IME Remittance