कोभिड : परीक्षण पनि घट्दो, संक्रमण पनि घट्दो,

काठमाडौँ , १७ जेठ । नेपामला कोरोनाको परीक्षण सँग संक्रमणदर पनि घट्दो नै छ । पछिल्ला केहीदिनदेखि संक्रमणले ओरोलो लागेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनकि गरिरहेको छ।

मृत्यु संख्या समेत केही घट्दो देखिएको छ । त्यसको अलावा निको हुने दरमा बृद्धि भएकाले केही सरकारात्मक संकेत मिलेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । नेपालमा आइतबार थप ४,३६९ जनामा कोरोनाभाइरस सङ्क्रमण र १०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमा ११ हजारको हाराहारीमा मात्रै परक्षिण भएको थियो । विगतमा भने २० हजार बढीको परीक्षण हुने गरेको थियो ।

त्यस दिन १०,९८६ वटा पीसीआर परीक्षणमा ३,७०२ जनामा र १,७८४ एन्टिजन परीक्षणबाट ६६७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

जसमध्ये काठमाण्डू उपत्यकाभित्र भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाण्डूमा ८०४ गरी कुल १,०९३ नयाँ सङ्क्रमित थपिएका छन्।

अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। गत २४ घण्टामा ६,२०५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

IME Remittance