“राष्ट्रका लागि सङ्गीत अभियात्रा ” को टोलि हेटौडामा, भोलि रोयल पार्टी प्यालेसमा जनसाङ्गितिक प्रस्तुती

हेटौडा / राष्ट्रलाई सहि बाटोमा हिडाउनका लागी जनबादी कलाकारहरुले देशब्यापी रुपमा संचालन गरेको ” राष्ट्रका लागि सङ्गीत अभियात्रा ” २०७९” चैत्र १७ गते हेटौंडा आइपुगेको छ ।

वरिष्ठ जनगायकहरु जीवन शर्मा , माधब प्रधान , ओम श्रेष्ठ , उदय श्रेष्ठ र जनबादी गितकार तथा सङ्गितकार मणि थापा सहित दुई दर्जन जनवादी कलाकारहरुले भोलि चैत्र १८ गते रोयल पार्टी प्यालेसमा दिनको १ बजे देखि जनसाङ्गितिक प्रस्तुति दिनेछन । सङ्गीत अभियात्राको अभियान टोलिले चैत्र १७ गते रोयल पार्टी प्यालेसमै पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बरिस्ठ जनगायक जीवन शर्माले राष्ट्र सङ्कटमा परेकाले देशलाइ सङ्कटको भुमरि बाट बचाउन आफुहरुले जनसाङ्गितिक अभियान सुरु गरेको बताए । शर्माले आफुहरुको अभियानले विभिन्न चिरामा बिभक्त रहेका वाम पार्टिहरुलाइ एकढिक्का हुन अभिप्रेरित गर्ने बिस्वास ब्यक्त गरे । अभियानले साझा बिषय मात्र लिएर हिडेको स्पस्ट पार्दै जनगायक शर्माले अन्य स्थानमा जस्तै हेटौडामा पनि कार्यक्रम सफलता पुर्वक सम्पन्न हुनेमा आफू बिस्वस्त रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ जनगायक माधब प्रधानले यो अभियान कुनै पार्टी विशेष र नेताका बिरुद्दमा चलाइएको अभियान नभएको स्पस्ट पारे । सङ्गीत अभियात्रा बिशुद्द रुपमा प्रगतिशील जनसङ्गितकर्मीहरुको एक साझा मंच रहेको बताउदै बरिस्ठ जनगायक प्रधानले विभिन्न कठिनाइहरु आइपर्दा पनि प्रगतिशील धारालाइ नछाडेका , जनताको सुखी दिन ल्याउनका लागि अहोरात्र जनसङ्गितको फाटमा डटिरहेका जनबादी गितकार/ सङ्गितकार र गायकहरु यो सङ्गीत अभियात्रामा समेटिएको बताए ।

यस्तै वरिष्ठ प्रगतिशील गितकार तथा सङ्गितकार मणि थापाले आफुहरु सास्कृतिक अभियान मार्फत सिङ्गो देशलाइ एक ठाउमा ल्याउन लागिपरिरहेको बताए । राजनैतिक पार्टिहरु आफ्नो आदर्श बाट च्युत भैरहेको बताउदै सर्जक थापाले लेखक कलाकारहरु अहिलेको अवस्था देखि सन्तुष्ट नभएको दाबी गरे । आफुहरुको अभियान कुनै पार्टी र नेताका बिरुद्ध नरहेको भन्दै थापाले जनगितसङ्गितको सरक्षण ,बिकास र समाज रुपान्त्रणका लागि आफुहरुले ” राष्ट्रका लागि सङ्गीत अभियात्रा ” संचालन गरेको स्पस्ट पारे ।

जनबादी गितकार , सङ्गितकार तथा गायक चिरन सिको सन्चालनमा अघि बढेको सो पत्रकार सम्मेलनमा सङ्गीत अभियात्राका अभियान यात्रीहरु ओम श्रेष्ठ , उदय श्रेष्ठ , नारायण शर्मा , निलिमा पुन , मोहित श्रेष्ठ , उदय रिजाल , केशर कालिकोटे ,लक्षमण पाख्रिन ,सन्ध्या मगर , कबिता पुन , अनु शर्मा र लक्ष्मी केसि समेतको आतिथ्यता रहेको थियो ।

“सङ्गीत अभियात्रा “को आयोजनामा चैत्र १८ गते रोयल पार्टी प्यालेसमा हुन गैरहेको उक्त कार्यक्रममा बरिस्ठ जनगायकहरु जीवन शर्मा , माधब प्रधान , ओम श्रेष्ठ र उदय श्रेष्ठ , प्रगतिशील गितकार , सङ्गितकार एवं गायक मणि थापा , जनगायकहरु चिरन सि , निलिमा पुन, कर्ण बिद्रोही , मोहित श्रेष्ठ , लक्ष्मी रिजाल, केशर कालिकोटे , बिहानी बिक र सुशीलसिंह ठकुरीको साङ्गितिक प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा उदयिमान जनगायक लक्षमण पाख्रिन , नवजनगायिका अनु शर्माको गित , जनकलाकारहरु कुष्मा मगर र कबिता पुनको नृत्य र जनकलाकारहरु नारायण शर्मा र डमर भण्डारीको अभिनय समेत प्रस्तुतिका रुपमा रहने आयोजकहरुले जानकारी दिएका छन ।

IME Remittance