नेत्र विशेषज्ञ डा.सन्दुक रुइतलाई १३ करोड रुपैयाँसहितको इसा अवार्ड

डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् ।बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो ।सो पुरस्कार पाउने रूइत पहिलो नेपाली हुन् ।

संसारभर मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गरिदै आएको छ । डा। रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि इसा अवार्डका लागि छनोट गरिएको जनाइएको छ ।

डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम पुरस्कार स्वरूप प्राप्त गर्ने  छन् ।मानवीय सेवा तर्फको इसा अवार्ड घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान गर्ने निर्णय गरेकाे बताए ।डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ । जसले गर्दा गरिबहरुले पनि दृष्टि पाएका छन् ।

अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ ।डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।

IME Remittance