सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : अस्पताल

१०३ वर्षीय  शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार नभएकाे  किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् उनको स्वास्थ्य अवस्था चिन्ताजनक भएको निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।

‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ।  गत आइतबार उनको छातीमा निमोनिया संक्रमण देखिएपछि एन्टिबायोटिक सुरू गरिएको छ र मुटुको चालसम्बन्धी समस्या देखा परेकाले उनलाई आइसियूमा सारेर उपचार सुरू गरेको अस्पातलले जनाएको छ।उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो। उनमा डेंगीको संक्रमण देखिएको थियो।

IME Remittance